भक्तपुरमा लाखौँ रुपियाँभन्दा बढी मूल्य बराबरका सुनका गरगहना चोरी

0
Shares

भक्तपुर । भक्तपुरमा लाखौँ रुपियाँभन्दा बढी मूल्य बराबरका सुनका गरगहना चोरी भएका छन् । जिल्लाको लोकन्थली डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धिरज कुमार अरगरियाको कोठाबाट सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

हिजो (बुधबार) साँझ अरगरियाको डेराबाट ९ लाख ५० हजार रुपियाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ । उनको कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको उक्त गहना चोरी गरेको प्रहरीले बताएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरी वृत्त ठिमीले जनाएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।