आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

0
Shares

तनहुँ । तनहुँमा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छन् । श्रीमान् ४० वर्षीय मन बहादुर नेपालीलाई ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने मनबहादुरकी श्रीमती ३६ वर्षीया शुसिला बिक रहेको प्रहरीले जनाएको छ ।

घरयासी विवादका कारण शुसिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गरेपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ।