देउवासँग प्रधानमन्त्रीका लागि सहयोग माग्दै रामचन्द्र

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्री पदका सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभएको छ । संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने तयारीमा रहेको कांग्रेसमा नेता पौडेलले संसदीय दलको नेतामा सहयोग गर्न देउवासँग आग्रह गर्नुभएको हो ।

निर्वाचन सकिएर सबै परिणामहरू आइसकेकाले चाँडै पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्नेछ । उक्त प्रक्रिया अघि पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्नका लागि सभापति शेरबहादुर देउवालाई आग्रह गरेको पौडेलको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गरेका गर्नुभएको हो ।

पौडेलले पार्टी र देशकै परिस्थिति अनुकूल नभएको र पार्टीको महाधिवेशनमा पनि आफूले पूर्ण रूपमा साथ दिएको भन्दै संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गरेको बताइएको छ । पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपङ्क्ति र सबैमा राम्रो सन्देश जाने उहाँको दाबी छ ।

सभापति देउवाले भने त्यसबारे छलफल गरेर अघि बढ्ने आश्वासन दिनुभएको छ । पौडेलले गत पार्टी महाधिवेशनको दोस्रो चरणको मतदानमा मत हाल्नै नआएर कोइराला समूहलाई असहयोग गरेको र देउवालाई गुन लाएको राजनीतिक वृत्तमा चर्चा छ ।