गठबन्धनकै सरकारले निरन्तरता पाउँछ: प्रचण्ड

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने बताउनुभयो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठक समेत राख्नुभयो । सोही बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘सरकार गठबन्धनकै हुन्छ ।

अहिले सरकार गठनको विषय चलिरहेको छ । तर, नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्वपूर्ण रहेको छ ।’कांग्रेस संसदीय दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने र आइपरे माओवादी सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने दाहालले बताउनुभएको हो ।