सुदूरपश्चिममा कर्मचारी पदपूर्तिका लागि ५४ जनाको विज्ञापन आह्वान

0
Shares

धनगढी । सुदूरपश्चिमको प्रदेश लोकसेवा आयोगले नयाँ कर्मचारी नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । आज (बुधबार) प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको हो ।

स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरिएको आयोगका अध्यक्ष यज्ञराज बोहराले बताए ।

सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो । आयोगले अहिले ५४ पदका लागि विज्ञापन खोलिएको जनाएको छ ।

योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणाली (अनलाइन) मार्फत दरखास्त दिनुपर्ने छ ।