बेथानचोक बस दुर्घटनामा १७ जनाको मृत्यु सबैको सनाखत (नामावलीसहित )

0
Shares

काभ्रे । 

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ ६ बजेर २७ मिनेट जाँदा भएको बस दुर्घटनामा १७ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । २२ जना घाईतेको विभिन्न अस्पतालमा उपचार भैरहेकोमा १ जना बनेपा बस्ने बर्ष २० को सन्त बहादुर तामा डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएकोछ ।
दुर्घटनामा परि मृत्यु भएका १७ जनाकै विभिन्न अस्पतालमा राखिएकामा पहिचान खुलेको छ । नामावली यसप्रकार रहेकोछ ः
धुलिखेल अस्पतालमाः
१) बनेपा नगरपालिका–१४ का ३९ बर्षिय राजकुमार तामाङ
२) बनेपा नगरपालिका–११ की ७९ बर्षकी निर्मला तामाङ
३) मण्डनदेउपुर नगरपालिका–१ बस्ने बर्ष ३७ की जेली तामाङ
४) ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने सवारी चालक बर्ष २२ को तेज प्रसाद (सन्तोष ) तिमल्सिना
५) बनेपा नगरपालिका–११ बस्ने बर्ष ३० को बु्द्ध तामाङ
६) तेमाल ८ बस्ने बर्ष ९ की गुरु लक्ष्मी तामाङ
७) तेमाल ११ बस्ने बर्ष ५० को आकुर तामाङ
८) तेमाल ११ बस्ने बक्र्ष ४३ की हेमा तामाङ
९) तेमाल ११ बस्ने बर्ष १० को पुष्कर तामाङ
१०) तेमाल ११ की २५ बर्षकी कोपिला तामाङ
११) तेमाल–११की ६ वर्षीया समिक्षा तामाङ
१२) तेमाल ८ बस्ने बर्ष २७ की टीकालक्ष्मी तामाङ
१३) बनेपा ११ बस्ने बर्ष ५५ को कुमार तामाङ
१४) बनेपा ११ बस्ने बर्ष २७ की कोपिला तामाङ
१५) बनेपा ११ बस्ने बर्ष ११ को पुष्कर तामाङ
शिर मेमोरियल अस्पताल बनेपामा
१) बेथानचोक गाउँपालिका–५ बस्ने बर्ष ३२ की मञ्जु तामाङ
२) बनेपा नगरपालिका–१४ बस्ने बर्ष २८ की गीता श्रेष्ठ
को को घाईते कुन कुन अस्पतालमा कस्तो अवस्थामा उपचार भईरहेको छ:

बनेपा ११ बस्ने बर्ष २७ का हिरामान ताममा बोल्न नसक्ने गम्भिर अवस्थामा मध्यपुर ठीमी अस्पताल भक्तपुरमा उपचार भैरहेकोछ । त्यसैगरी मकवानपुर कुलेखानी बस्ने बर्ष २६ का डोल्मा तामाङ टाउकोमा चोट लागेको अवस्थामा ललितपुरको मेडिसिटी अस्पतालमा रिफर गरिएकोछ । त्यसैगरी नाम नखुलेको अन्दाजी ३ बर्षको बच्चा टाउँकोमा चोट लागेको अवस्थामा र बनेपा नगरपालिका वडा नं ११ बस्ने अन्दाजी बर्ष ५ को रेनजेन तामाङ न्यूरो अस्पताल बाँसबारीमा रिफर गरिएकोछ । त्यस्तै बेथानचोक गाउँपालिका ५ बस्ते बर्ष १३ को योगेश तामाङ बाल मैत्री अस्पताल महाराजगंजमा रिफर गरिएकोको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धुलिखेल अस्पतालमा उपचार गराईरहेका बिरामीहरु:

काभ्रे जिल्ला कुशादेवी बस्ने बर्ष ३८ को कालु तामाङको टाउको र छातीमा चोट लागेको गम्भिर अवस्था, त्यस्तै बनेपा नपा. ११ बस्ने बर्ष २२ को राजकुमार तामाङको बाँया हात र मुखमा चोट लागेको मध्यम अवस्था, बेथानचोक बस्ने ३३ बर्षकी निरुमाया तामाङको ढाड र छातीमा चोट लागेको अवस्था मध्यम, बनेपा नपा बसोबास गने बर्ष ३९ को पेमा तामाङको मुख र हातमा चोट लागेको मध्यम अवस्था, अर्का बनेपा मै बसोबार गर्ने ३२ बर्षका राजन तामाङको टाउको र छातीमा चोट लागेको मध्यम अवस्था, बनेपा ११ बस्ने बर्ष २२ को रेशम तामाङको खुट्टा र अनुहारमा चोट अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै बनेपा साँगा बस्ने बर्ष १९ को विशाल तामाङ ढाडमा चोट लागेको अवस्था मध्यम, बनेपा ११ बस्ने बर्ष ३७ को रवी तामाङको अनुहारमा चोट लागेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

शिर मेमोरियल अस्पतालमा उपचार गराईरहेका बिरामीहरु:

बनेपा नगरपालिका २४ बस्ने बर्ष ३२ को बिकास तामाङ टाउकोमा चोट अवस्था मध्यम, बनेपा नपा. १० बस्ने बर्ष २० को रुपक तामाङ निधार र ढाडमा चोट अवस्था मध्यम, बनेपा ११ बस्ने बर्ष १९ की निर्मला तामाङ टाउकोमा चोट अवस्था मध्यम, बनेपा ११ बस्ने बर्ष ४१ की कविता तामाङ टाउकोमा चोट अवस्था सामान्य र पनौति नपा. ४ बस्ने बसको सहचालक बर्ष २८ को सन्तोष चौलागाई कम्मर र टाउकोमा चोट अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी बनेपा १० बस्ने बर्ष २९ को देवराज तामाङ हात र छातिमा चोट अवस्था सामान्य, बनेपा ११ बस्ने बर्ष ६ को श्रोता तामाङ अवस्था सामान्य र बेथानचोक गाउँपालिका ५ बस्ने बर्ष ३३ को बिजय वाईबाको निधार र ढाडमा चोट लागेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए ।

घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बताउँनुभयो ।अस्पतालमा रातभरी घाईते र मृतकका आफन्तको रुवावासी भैरहदा स्थानिय पालिका तथा प्रतिनिधि सभाका सदस्यहरु र विभिन्न राजनैतिक दलका नेताहरु समेत घाईतेको अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्न र मृतक प्रति श्रद्धाजली व्यक्त गर्दै शोकाकुल परिवार जनमा सान्त्वना दिईरहेका देखिन्थे ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीहरु रातभरि बिरामी र मृतकको व्यवस्थापनमा खटिईदै पहिचानका लागि पहल गरिरहेका थिए । छोटो समयमा छिटो छरितो तरिकाले एम्बुलेन्स लगायत उद्धार कार्यका सबै निकायको सकृयता भएकै कारण तत्तकाल उद्धार भएको स्थानिय वासिन्दहरुले बताईरहेका थिए भने अस्पतालका चिकित्कस कर्मचारीहरुले पनि जिल्लामा भएका घटनामा यो नै यति छिटो र तदारुकताका साथ उद्धार गरिएको पाईएको बताएका थिए । उद्धार समयमै भएका कारण घाईतेहरुको उपचार समयमै गर्न सहज भएको पनि स्वास्थ्यकर्मीहरुको भनाईछ ।

मंगलबार साँझ बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।