क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

0
Shares

काठमाडौँ ।

दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३(० को शानदार जितसहित अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो ।

यो सँगै अर्जेन्टिनाले २०१८ को विश्वकपमा हारेको बदला पनि क्रोएसियासँग लिएको छ। २०१८ को विश्वकपमा समूह चरणमा क्रोएसियासँग ३(० ले नै पराजित भएको थियो । लगातार फाइनलमा पुग्ने लक्ष्यमा रहेको क्रोएसियाविरुद्ध पहिलो हाफमै २ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल थप्यो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ तथा कप्तान लियोनल मेस्सीले १ गोल गरे । यससँगै अर्जेन्टिना ८ वर्षपछि फाइनलमा स्थान बनाएको हो । बुधबार राति हुने फ्रान्स र मोरक्कोको विजेतासँग अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछ ।