बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १७ पुग्यो, २२ घाइते



काभ्रे।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार (आज) साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या  १७ पुगेको छ ।

मृतकमध्ये १२ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।घाइते मध्ये पाँच जनाको आवस्था गम्भीर भएकाले भक्तपुर र काठमाडौँमा रेफर गरिएको जनाइएको छ ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्वरको रिजर्भ बस दुर्घटना भएको हो।

अझै मृतकको पहिचान हुन सकेको छैन । उक्त बसमा ३९ जना सवार थिए ।

 

प्रतिक्रिया दिनुहोस्