ढुंङखर्क दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो



काभ्रे।

काभ्रे बेथानचोकको च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको एक रिजर्भ बस बेथानचोकको गणेशस्थानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ। दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुको परिचय भने खुलिसकेको छैन ।

पनौतीको सल्लेबाट बेथानचोक ४ मा रहेको च्यासिङखर्कमा आयोजना भएको छेवरमा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको बताइएको छ।

बा ३ ख ४३८५ नम्वरको बस ढुंखर्कबाट तीव्र गतिमा आउदा अनियन्त्रित भएर पीच सडकमा नै मंगलबार साँझ दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाको बनेपास्थित सिरमेमोरियल र धुलिखेल अस्पताल उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्