ढुंङखर्कमा बस दुर्घटना : २५ जना घाइते 



काभ्रे ।

काभ्रे बेथानचोकको  च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको रिजर्व बस बेथानचोकको गणेशस्थानमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्  ।

पनौतीको सल्लेबाट बेथानचोक ४ मा रहेको च्यासिङखर्कमा आयोजना भएको छेवरमा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

बा ३ ख ४३८५ नम्वरको बस ढुंखर्कबाट तीव्र गतिमा आउदा अनियन्त्रित भएर पीच सडकमा नै दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएका २५ जनाको  बनेपास्थित सिरमेमोरियल र धुलिखेल अस्पताल उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्