जेसीबी दुर्घटनामा परि बेपत्ता भएका दुई जनाको शव फेला



कालिकोट ।

कालिकोट सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा मंसिर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० बर्षीय उमेश गिरीको शव मंसिर २६ गते र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ बर्षीय जेसीबी चालक मंगल चुडारीको शव मंसिर २७ गते फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीको
खोजीकार्य जारी छ ।

यही मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदिमा खस्न गई दुर्घटना हुँदा जेसीबीमा रहेका ८ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु, ३ जना घाईते र ३ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्