आगामी फागुनभित्रै स्ववियु निर्वाचन गर्न मागसहित त्रिवि उपकुलपतिलाई ज्ञापनपत्र



काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले आगामी फागुन १४ मा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु)को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले मंगलबार उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।

सोही क्रममा उनीहरूले त्रिविका क्याम्पसहरूमा स्ववियु निर्वाचन निरन्तर नहुँदा विभिन्न कालखण्डमा विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने अवस्थामा पुगेको बताएका छन् । निर्धारित समयमा स्ववियु निर्वाचन नभए अनेरास्ववियु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्