अवैध गाँजा बोकेको ट्रक प्रहरी नियन्त्रमा

0
Shares

पर्सा । पर्सामा अवैध गाँजा बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (सोमबार) जिल्लाको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले करीब ३६३ किलोग्राम गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौँडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक छाडेर फरार भएका थिए ।

बरामद गाँजा तथा ट्रक आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको छ ।