मदिरा बोकेको गाडीसहित २ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा



महोत्तरी । नाँै लाखभन्दा बढी मूल्यको मदिरा बोकेको गाडीसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (सोमबार) उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपीले जनाएको छ ।

जिल्लाको मटिहानी नगरपालिका–७ स्थित परिक्रमा गाछी ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपियाँ बराबरको मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो । बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्