थुनामा रहेका श्रीमान् भेट्न गएकी श्रीमती पक्राउ



दाङ । दाङमा थुनामा रहेका श्रीमान् भेट्न गएकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) विहान पौने १० बजे श्रीमानलाई भेट्न गएकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ घर भएकी शान्ती खड्का घर्ती रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ हिरासतमा अवैध लागूऔषध मुद्दामा थुनामा रहेका २२ वर्षीय अशोक खड्कालाई भेट्न गएकी २६ वर्षीया श्रीमती शान्तीले आफ्नो श्रीमानलाई दिन ल्याएको फलफुल (केरा) चेकजाँच गर्ने क्रममा लागूऔषध जस्तो देखिने खैरो पदार्थ ५ पुरिया (ब्राउन सुगर) १२० ग्रामसहित पक्राउ परेकी हुन् ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्