सरकारले द्वन्द्वकाल र जनआन्दोलनका शहिद परिवारलाई एक लाख रकम उपलब्ध गराउने



काठमाडौं । प्रदेश सरकारले द्वन्द्वकाल र जनआन्दोलनका शहिद परिवारलाई एक लाख रकम उपलब्ध गराउने भएको छ । प्रदेश १ मा बसोबास गर्ने यस्ता परिवारलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

उक्त प्रदेश सरकारले द्वन्द्वकाल, मधेश आन्दोलन, दोस्रो जनआन्दोलन र आदीबासी जनजाती आन्दोलनका शहिद परिवारलाई एक लाख रकम उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिबासी जनजाती आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई सोही रकम उपलब्ध गराउने उल्लेख छ ।

यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधिसमेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय छन् । सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ । कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्