प्रमुख र उपप्रमुखको विवाद सतहमा 

0
Shares

रौतहट ।

निर्वाचनको समयमा एउटै दलबाट उम्मेदवार बनेर विजय हासिल गरेका वृन्दावन नगरपालिकाका प्रमुख र उपप्रमुखबिच विवाद चुलिएको छ ।

एकले अर्कोलाई काम गर्न बाधा पुर्‍याएको भन्दै दुवैले एक अर्काको आलोचना गर्न थालेका छन् । प्रमुख र उपप्रमुखको विवादले नगरको विकास निर्माणमा समेत प्रभावित हुने भएको छ । दुवै जना नेकपा एकीकृत समाजवादी बाट विजयी भएका हुन् ।

नगरप्रमुख विनोद कुर्मीले उपप्रमुख संगीता देबी रामले ३ करोड मागेर बखेडा निकालेको आरोप लगाउनु भयो । उहाँले गाडी मर्मतको लागि ११ लाखको कोटेसन पेस गरेकोमा नगरपालिकाले स्वीकृत नगरेपछि उपप्रमुख सं गीता देवी रामले बैठकमा उपस्थित हुन छाडेको बताउनुभयो ।

उपप्रमुख संगीता देवी रामले नगरपालिकाको बैठक लगायत कुनै पनि कार्य आफूलाई जानकारी नै नदिई प्रमुख विनोद कुर्मीले प्रमुख प्रशासकीय अधिकृत खीलराज भुजेलको मिलेमतोमा कार्य गरेको बताउनुभयो ।

नगरप्रमुख कुर्मी निर्वाचित भएदेखिनै कार्यालयको कामकाज उनकै घरनजिक रहेको बहु माध्यमिक विद्यालय हर्षाहाबाट सञ्चालन गरेको बताउँदै न्यायिक समितिलाई आवश्यक पर्ने कर्मचारी, लाइब्रेरी कम्प्युटर माग गर्दा समेत बेवास्ता गरेको बताउनुभयो । नगरपालिकाबाट सञ्चालित योजनाको भुक्तानी गर्नु पूर्व उपप्रमुखले अनुगमन गर्नुपर्ने संवैधानिक अधिकारबाट वञ्चित गरी भुक्तानी समेत गर्दै आएको बताउनुभयो ।

नगरप्रमुख पटेलले बजेट आफ्नो घरको जसरी चलाएको बताउनुभयो । नगरपालिकाको सवारी साधन नगरप्रमुख पटेलले आफू र घर परिवारका सदस्य लाई चढ्न दिएर दुरुपयोग गरेको आरोप समेत लगाउनु भयो । प्रमुख प्रशासकीय अधिकृत खिलराज भुजेलले नगरप्रमुख सँगको मिलेमतोमा नगरपालिकाका लाई बन्धक बनाउँदै गएको बताउनुभयो ।

कर्मचारी लाई तर्साउने र आफू अनुकूल कार्य गर्न लगाउने गरेको समेत बताउनुभयो । नदीजन्य पदार्थको वातावरणीय प्रभाव मुल्याकन नगराई नै नगरप्रमुख कुर्मीले आफ्नो नजिकको नातेदार लाई रसिद काट्न लगाएर अनियमितता गर्दै आएको आरोप समेत लगाउनु भयो