स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

0
Shares

काठमाडौं ।

स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६  सशस्त्र प्रहरी गण अगाडिको सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्य भएको हो ।

बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१ क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।