समानुपातिक सांसदको नामावली सच्याउने समय भोलिसम्म, छानबिन आजैदेखि सुरु

0
Shares

काठमाडौं । समानुपातिक सांसदहरुको नामावली सच्याउने समयसीमा भोलि (सोमबार)सम्मका लागि तोकिएको छ । यसका लागि निर्वाचन आयोगले आज (आइतबार)देखि छानबिन सुरु गरेको बताएको छ ।

समानुपातिक सांसदहरुको सूची सच्याउन आयोगले दलहरुलाई आजदेखि दुई दिनसम्मको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम पुनः सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो ।

आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।

आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।