डोजर दुर्घटनामा २ को मृत्यु, ३ बेपत्ता, ३ घाइते

0
Shares

कालिकोट ।

कालीकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते र ३ जना बेपत्ता भएका छन् । कर्णाली करिडोरअन्तर्गतको कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरी खोला भीरमा डोजर दुर्घटना भएको हो ।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माधिन सुरुङभित्रको पानीको अवस्था परीक्षण गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्सपेक्टर शुभराज बमका अनुसार ८ जना सवार रहेको डोजर करिडोरनजिकै ८० मिटर तल कर्णाली नदीमा खसेकोे थियो ।

दुर्घटनामा परेर सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र १६ वर्षीय युवराज बुढाको मृत्यु छ । डोजर चालक कैलाली घर बताउने कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका– १ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता हुनुभएको छ ।

त्यस्तै, रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका– ११ बराँतु गाउँका १४ वर्षीय आषिश भारती र विकास भारती घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।