नेकपा एसका उम्मेदवारसहित ३९ जनाको जमानत जफत

0
Shares

रामेछाप ।

रामेछापमा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी)का उम्मेदवार सहित ३९ जनाको जमानत जफत भएको छ । गत मङ्सिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भाग लिने मध्ये विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ३९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

रामेछापमा विभिन्न पार्टी तथा स्वतन्त्र गरी ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । उम्मेदवार मध्ये ६ जनाको मात्र जमानत सुरक्षित भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । जमानत सुरक्षित रहनेमा नेपाली काँग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छाराम, माओवादी केन्द्रका उम्मेदवार तारा नारायण श्रेष्ठ र युवाराज चौलागाई, एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेल, शान्ति प्रसाद पौडेल र मिलन घिसिङ रहेका छन् ।

रामेछापमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । रामेछापमा प्रतिनिधिसभाका लागी २२ जना र प्रदेश सभा क का लागी ११ र ख का लागी १२ जनाले उम्मेदवार दर्ता गराएका थिए । रामेछापमा प्रतिनिधिसभाका लागि भएको मतदानमा सत्ता गठबन्धनको नेपाली काँग्रेस उम्मेदवार विजय हुने भएको थियो भने प्रदेश सभा क र ख मा पनि सत्ता गठबन्धन दल माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ र युवराज चौलागाई विजय हुनु भएको थियो ।

रामेछापमा नेकपा एस गठबन्धन बाहिर रहेन भिन्दै उम्मेदवारी दिएका थियो । रामेछापमा नेकपा एसले प्रतिनिधि सभामा देव शङ्कर पौडेल प्रदेश सभा क मा रमेश कुमार बस्नेत र ख मा झम्क बहादुर कँडेललाई उम्मेदवार बनाएको थियो । उहाँहरू तिनै जनाको जमानत जफत भएको छ ।

प्रतिनिधि सभामा ८८ हजार ५५२ मतदान हुन एसका उम्मेदवार पौडेलले २ सय ९४ मत प्राप्त गर्नु भएका थियो । प्रदेश क मा ४१ हजार ७९५ मतदान हुँदा बस्नेतले २ हजार ८८ मत प्राप्त गर्नु भएको थियो भने प्रदेशसभा ख मा ४६ हजार ७६८ मतदान हुँदा एसका उम्मेदवार कँडेलले ४ सय ७५ मत प्राप्त गर्नु भएको थियो ।