लुमन्तीले लमजुङमा भूकम्पपीडितका लागि ४० घर निर्माण गर्ने

0
Shares

लमजुङ । 

लुमन्ती नामक गैरसरकारी संस्थाको आवासका लागि सहयोग समूहअन्तर्गत भूकम्प पिडितहरुको लागि सुन्दरबजार नगरपालिकामा निर्माण गरिन लागेका दुई कोठे घरको शिलान्यास भएको छ ।

सिआरएस नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा लुमन्तीले सुन्दरबजार नगरपालिकामा २० वटा, दोर्दी गाउँपालिकामा १६ वटा र दूधपोखरी गाउँपालिकामा चारवटा दुई कोठे घर निर्माण गर्दैछ । सम्बन्धित घरधनीको समेत सहभागितामा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि दुई कोठे भवन निर्माण गर्न लागिएको लुमन्तीका आवास संयोजक उज्वल अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुन्दरबजार नगरपालिका–७ बाट घर निर्माण कार्य सुरु भएको बताए । लुमन्तीले विपन्न वर्ग र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि घर निर्माणमा ५० हजार रुपैयाँ अनुदान दिने, सामान उपलब्ध गराउने र घर बनाईदिने गरी तीन किसिमका कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

अघिल्लो वर्ष परियोजनाले ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो । यससँगै सप्रोस नेपालले लाईभलिहुड कार्यक्रम सञ्चालनसमेत गर्दै आएको छ ।