सुन्दरीले सिकाए यःमरि बनाउन

0
Shares

काठमाडौं । 

नेप्लीज फेसन होमको आयोजनामा नेवार सुन्दरीहरले यःमरि बनाउन सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका छन्।

नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका हुन्।

 

राजधानीको डिल्लीबजारस्थित नेप्लीज फेसन होमको प्रशिक्षण कक्षमा जम्मा भएका नेवार सुन्दरीहरुले बिहीबार दिनभर चामलको पिठो मुछेर रोटी बनाई चाकु र खुवा राखेर यःमरि बेरेको दृश्य रोचक लाग्थ्यो। उनीहरुले प्रशिक्षण हलमा नै बफ्याएर यःमरि पकाई एक अर्काका साथमा अतिथीहरुलाई चखाएका थिए।

कहिले मिस नेवाः नेपालका विजेताले मिस लिटील नेवाः र किड क्वीनहरुलाई यःमरि बनाउन सिकाएको र कहिले उनीहरुले मिस नेवाः नेपालहरुलाई सिकाएको दृश्य रोचक देखिन्थ्यो। बिच बिचमा आयोजक समूह र अभिभावकले पनि उनीहरुलाई यःमरि बनाउन सिकाएर सहयोग गरेका थिए।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यःमरि पुन्हि नेवारी चाड पर्वमध्येको महत्वपूर्ण पर्व भएकाले हरेक वर्ष यःमरि पुन्हिका अवसरमा नेवार सुन्दरीहरुलाई यःमरि बनाउन सिकाएर र एक अर्कालाई खुवाएर यो दिवस मनाउने गरेको बताइन् । उनले यःमरि संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न यो कार्यक्रमआयोजना गर्दै आएको बताइन्।