काभ्रेमा वर्षेनी बढ्दै महिला हिंसाका घटना

0
Shares

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा महिला हिंसाका घटनामा बृद्धी भईरहेको छ । हिंसा न्यूनीकरणका प्रयास, हिंसाका कारण, विगतका अनुभव र रोकथामका उपायका बारेमा छलफल, अन्तरक्रिया, बहस तथा पैरवी भई रहेपनि हिंसा न्यूनीकरण हुन नसकेको तथ्यांकले देखाएको छ ।

तथ्यांकले महिला तथा बालबालिका माथि हुने हिंसाको प्रमुख कारण घरभित्रका सदस्य, आफन्त, नातेदार तथा चिनेजानेको व्यक्ति र कार्यक्षेत्रमा सँगै काम गरेका ब्यक्ति, कार्यालय प्रमुख रहेको देखिएको छ । ‘२०७९ साउनदेखि मसिंर १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएका १२ वटा जर्बजस्ति करणी सम्वन्धी घटनामा १२ जना बालिका आफन्तबाटै बलात्कृत भएका छन्’– जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएस्पी) अञ्जना श्रेष्ठले भन्नुभयो–‘भदौ देखि मसिंरसम्म दर्ता भएका अधिकांश घटनामा ६ वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कृत भएका छन् ।’

बलात्कृत मध्ये अधिकांश अपाङ्गता भएका छन् । कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरुलाई घरभित्रकै सदस्य र आफन्तले ललाई फकाई बलात्कृत गरेको बयान दिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २९ थियो भने आर्थिक वर्ष २०७७÷२०७८ मा ३० थियो । जर्बजस्ति करणी उद्योगमा चालु वर्षको ७ महिनामा २ वटा उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्ष ३ वटा जाहेरी दर्ता भएका थिए ।

स्थानीय तहमा न्यायिक समितिमा उजुरी लिएर गएपनि न्यायको महसुस नहुने भएकाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको पीडितहरुले बताएका छन् । राजनीतिक दलप्रति आस्था राख्ने जनप्रतिनिधिहरुले दिने न्यायमा विश्वास नभएको उनिहरुले बताएका छन् । न्यायिक समितिका पदाधिकारीहरुले भने सकेसम्म न्याय दिन प्रयास गरिएको बताएका छन् ।

महिलाका समस्या लिएर न्यायिक समिमिता पुग्दा पुरुष नै पुरुष भएकाले भन्न नसकेर प्रहरीकोमा आएको महिलाहरुले बताएका छन् । प्रहरी कार्यालयमा दर्ता भएकामध्ये अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् भने केही अदालतमा गएका छन् ।

अदालतमा गएका मध्ये अधिकांशको सम्वन्ध विच्छेद भएको छ । बहुविवाह, बाल विवाह, आत्महत्या दुरुत्साहन, मानव बेचविखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, झुण्डिएर आत्महत्या, विष सेवन, बाल यौन दुराचारलगायतका घटनामा महिलाहरु पीडित भएको डिएस्पी श्रेष्ठले बताउनु भयो ।

२०७७÷२०७८ मा ३१ जना महिलाले झुण्डीएर र १८ जना विषय सेवनबाट आत्महत्या गरेका थिए भने २०७८÷२०७९ मा ४० जना झुण्डीएर र ६ जनाले विष सेवनबाट आत्महत्या गरेका थिए । सोहि वर्ष आत्महत्या दुरुत्साहनमा ५ वटा उजुरी दर्ता भएका थिए ।

हेर्नुहोस् आँकडा :