विवाहको ७ महिनामै झुण्डिएको अवस्थामा शव फेला

दाइजोको निहुँमा दिनहुँ यातना

0
Shares

काठमाडौं ।

काठमाडाैंमा एक महिला घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छन् । चन्द्रागिरि नगरपालिका-२ चिसापानीमा बस्ने अन्दाजी २५ वर्षीय दिपा पराजुली थापाको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ   ।

७ महिना अघि मात्र सोही स्थानका आयुष भनिने सुन्दर थापासँग विवाह भएको थियो। विवाह भएदेखि उनले दाइजोको विषयमा दिनहुँ मानसिक यातना भोग्दै आएकी थिइन्। घटनाको स्थिति हेर्दा उनलाई हत्या गरेर रुखमा झुन्ड्याइएको माइती पक्षको आरोप छ।

मृत दिपाको शव हाल महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ  ।