काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।
आज (बिहीबार) कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार उक्त बैठक आगामी शनिबार दिउँसो १ बजे पार्टी कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थिति हुने बताइएको छ ।












प्रतिक्रिया