“स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता”   



काठमाडौँ। 

हरेक वर्ष डिसेम्बर ५का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा मनाइँदै आएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको १९औं संस्करण विविध कार्यक्रमका साथ नेपालमा पनि मनाइयो ।

यस वर्ष यही मंसिर १९ गतेका दिन “महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ देशभर मनाइयो ।

२०४५/४६ सालदेखि मनाउन सुरु भएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा पुर्याउदै आएको योगदान अत्यन्तै सराहनीय भएको चर्चा गरियो ।

विशेषतः  मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिवृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सूचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन स्वास्थ्य स्वयमसेवीकाहरुले पुर्‍याएको योगदान अतुलनीय रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौँका निर्देशक डा.गोमा निरौलाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, मातृ तथा बाल स्वास्थ्य सम्बन्धी स्रहसताब्दी विकास लक्ष्य हासिल गर्नमा पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको कुरा हामी सबैमा सर्वविदितै छ । आउँदा दिनहरुमा पनि दिगो विकासको लक्ष्य हासिल गर्नका लागि उहाँहरुको योगदान महत्त्वपूर्ण हुनेछ । पछिल्लो समयमा कोभिड–१९, डेंगु लगायतको रोकथाम तथा नियन्त्रणमा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु अहोरात्र खटिँदै आउनु भएको छ । यसका साथै स्वास्थ्य सेवालाई जनमानस सम्म जोड्ने र जनताको स्वास्थ्यप्रतिको अवधारणा र मागलाई स्वास्थ्य संस्थामा प्रतिबिम्बित गराई स्वास्थ्य संस्था र समुदायबीचमा पुलको काम गर्दै स्वास्थ्य प्रणालीलाई सक्षम बनाउने प्रक्रियामा सहयोग गर्ने तत्परता, अथक मिहिनेत र प्रतिबद्धताको नेपाल सरकार सदैव उच्च मूल्याङ्कन गर्दछ ।

हाल देशभर ५१ हजार ४ सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु सेवारत छन् । स्थानीय सामाजिक वस्तुस्थितिको गहन सुझबुझ साथ समुदायमै बसी स्वास्थ्य संस्था र समुदायबिच समन्वय गर्दै विशुद्ध सेवा भावबाट आफ्नो समुदायमा अनवरत खटिएर निस्वार्थ रुपमा काम गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कार्यदक्षता अभिवृद्धिका विविध कार्यक्रम तथा सूचना सम्प्रेषण, स्वास्थ्य प्रवर्द्धन र अनुभव आदानप्रदानका लागि नयाँ प्रविधिको प्रयोगमार्फत ज्ञान, सीप र क्षमता अभिवृद्धिका प्रयासहरुलाई निरन्तरता दिनु अत्यावश्यक छ । सोही अनुरुप उहाँहरुको काममा थप हौसला तथा प्रेरणा दिनका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा सधैँ तत्पर रहेको निरौलाले बताउनुभयो ।

देशभर कार्यरत सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाप्रति पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रससा गर्नुभयो ।  देशैभरि उहाँहरुको भूमिका र योगदानको स्मरण र सम्मान गर्न पनि उहाँले अपिल गर्नुभयो ।

महिला स्वास्थ्य स्वयमसेविकाको योगदानलाई नियाल्दा विगत ३ बर्षमा प्रत्येक वर्ष ६ लाख भन्दा बढीलाई पिल्स वितरण (साइकल संख्या) त्यसैगरि कण्डम वितरण(गोटा संख्या) मा आ.व. ०७५र०७६ मा ८७ लाख ५९ हजार ६ सय २४, आ.व. ०७६र०७७ मा ७८ लाख ९० हजार १ सय ३१ र आ.व. ०७७र ०७८ मा ७८ लाख २८ हजार १ सय ७५, आइरन टयावलेट वितरण ७१ लाख ८२ हजार ८ सय ५५, ९३ लाख ०८ हजार ०५ सय ५५ र अन्तिम वर्ष ७ सय ७७ वटा वितरण गरेको तथ्यांक रहेको छ । साथै आमा समूहको बैठकमा सहभागी ५ लाख २० हजार १ सय १, ४ लाख ८३ हजार १ सय ९२ र ४ लाख ९३ हजार १ सय ९७ रहेको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ ।

त्यसै गरी महिला स्वास्थ्य स्वयमसेवीकाहरुले प्रसूति सहायताअन्तर्गत घरमै प्रसूति सहायता समेत प्रदान गरेका छन् । आ व  २०७७/७८ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ५८ हजार ३ सय ८५ जना सुत्केरीलाई मायाको अंगालो सुरु गर्न सहयोग गरेका छन् । यस्तै  ४७ हजार ७ सय २१ जनालाई नाभि मलम लगाउन सघाउनु भएको  छ  भने  ८ हजार ६ सय १३ जनालाई सुत्केरी पश्चात् रक्तश्राव रोक्न मिसोप्रोस्टल चक्की वितरण गरिएको छ ।

आ.व. २०७७/७८ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले  घरमा सुत्केरी भएका आमा र शिशुलाई दिएका प्रसूति सेवा प्रदेश सुत्केरी पश्चात् आमा र शिशुलाई मायाको अंगालोमा रहन दिएको सल्लाह नाभि मलम,आमालाई मिसोप्रोस्टल ट्यावलेट वितरण लगायत घरमा सुत्केरी भएका आमा र शिशुलाई २४ घण्टाभित्र, तेस्रो दिन, र सातौँ दिनमा भेट गरेको
प्रदेश सुत्केरी र शिशुलाई २४ घण्टा भित्र भेट गरेको सुत्केरी र शिशुलाई तेस्रो दिनमा भेट गरेको सुत्केरी र शिशुलाई सातौँ दिनमा ठूलो संख्यालाई भेट गरेको, पोषण सेवा प्रदान गरेको उपलब्धिले पनि महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिकाको महत्त्व दर्साउने डा.गोमा बताउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्