छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्ध खोपको परीक्षण सुरु



एजेन्सी ।

सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको ‘एमआरएनए’ खोपको परीक्षण सुरु भएको छ । बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ ।

गत अगस्टम उनको शरीरबाट क्यान्सर भएको भाग काटेर हटाइएको थियो । यो खोपको मुख्य काम ‘इम्युन सिस्टम’ बढाउने तथा बाँकी रहेको क्यान्सर ‘सेल’ हटाउने र फेरि कहिल्यै फर्कन नदिने हो ।

यो खोप अहिलेका कोभिड खोपकै प्रविधिबाट तयार गरेर मानिसलाई दिइन्छ । अहिले यसको तेस्रो चरणको परिक्षण भइरहेको हो ।

मोर्डना र मेर्क सार्प एन्ड डोमेले बनाएको सो खोप क्लीनीकल परिक्षण भन्दा बाहिर उपलब्ध छैन । तर, अन्य देशले पनि यसको उपयोग गर्न चाहिरहेका छन् ।

मेलानोमाले विश्वव्यापी रुपमा प्रतिवर्ष लगभग १ लाख ३२ हजार मानिसहरुलाई असर गर्ने गरेको बताईन्छ ।

यो छालाको क्यान्सरमा सबैभन्दा घातक मानिन्छ ।

हाल यसको उपचार शल्यक्रिया मुख्य मानिएको छ । यद्धपी रेडियोथेरापी, औषधि र केमोथेरापी पनि कहिलेकाँही प्रयोग गरिन्छ ।

यो अनुसन्धानमा खटिएका राष्ट्रिय टोलीका संयोजक अनुसन्धानकर्ता डा. हेदर शाले भनिन्, ‘यो खोप मेलानोमा भएका मानिसहरुलाई निको पार्ने क्षमता राख्छ र संगसंगै फोक्सो, मिर्गौला र मुत्राशय लगायतका अन्य क्यान्सरको उपचारमा समेत परीक्षण भइरहेको छ ।’

‘यो हामीले वास्तवमै लामो समयदेखि देखेको सबैभन्दा रोमाञ्चक चीजहरुमध्ये एक हो,’ डा. शाले भनिन् ।

उनले आफ्नो क्यान्सरका बिरामीहरुलाई स्थायी रुपमा निको पार्ने अन्तिम लक्ष्य भन्दै यो अगाडी थपिन, ‘मलाई विश्वास छ यी खोपहरु बास्तवमै गेमचेन्जर हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्