केन्द्र-प्रदेश सरकार गठनमा सत्ता गठबन्धन र जनमत पार्टीबीच सहकार्य हुने

0
Shares

काठमाडौं । अगामी बन्ने नयाँ सरकारका लागि नेपाली कांग्रेस र जनतमत पार्टीबीच सहकार्य हुने भएको छ । केन्द्रदेखि प्रदेशसम्म सरकार गठनको लागि कांग्रेस र जनमतबीच सहकार्य हुने भएको हो ।

आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पाटीृका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा नयाँ सरकार गठनमा जनमत पार्टीले गठबन्धनसँग सहकार्य गर्ने कांग्रेस नेता विमलेन्द्र निधिले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

निधिले लेखेका छन्, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’