मन्दिरमा चढाईएका २५ वटा मूर्ति चोरी



ललितपुर । मन्दिरमा चढाईएका २५ वटा मूर्ति चोरी भएका छन् । गोदावरी नगरपालिका–५ लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चढाईएका ३३ कोटी देवताको मूर्तिमध्ये २५ वटा सहायक मूर्ति गएराति चोरी भएको प्रहरीले जनाएको छ ।

मूर्तिहरू चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेले र प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले मूर्ति तस्करमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्