हत्याकाण्ड छानविन गर्न गृहको नेतृत्वमा उच्चस्तरीय टोली बाजुरामा



बाजुरा ।  

बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरणबारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोली बाजुरा पुगेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली बाजुरा पुगेको हो ।

छानबिन टोली घटनास्थल पुगेर अध्ययन अनुसन्धान गरिरहेको छ । घटना स्थल सँगै बाजुरा स्थित राजनीतिक दल, मतदान केन्द्रमा घटिएका कर्मचारी, सुरक्षा प्रमुख र सर्वसाधारण सँग छलफल समेत गरेको छ । सोमबार सदरमुकाम मार्तडीमा राजनितिक दल सँग छलफल समेत गरेको छ । प्रत्येक दललाइ फरक फरक भेटेर छलफल गरेको प्रहरीले जनाएको छ ।

छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र महान्यायाधिकक्ताको कार्यालयका उप न्यायाधिवक्ता रहेका छन् । छानविन समितिलाइ १५ दिन भित्र प्रतिवेदन दिन समेत निर्देशन दिएको छ । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो ।

४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानीय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडीको मृत्यु भएको थियो ।

४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा स्वयंससेवक पञ्भुराज पाध्याय र प्रहरी हवल्दार कृष्ण कुँवर । कांग्रेस कार्यकर्ता खडक अयडी सहित तिन जना घाइते भएका थिए । उनको अलिे सुर्खेत र नेपालगंजमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्