चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २२ वटा सवारी साधन सम्बन्धित धनीलाई प्रहरीले हस्तान्तरण गरेको छ । आज (मंगलबार) विभिन्न स्थान र समयमा चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जनाएको छ ।

रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

धनीलाई सवारी साधन हस्तान्तरण गर्दै यो आर्थिक वर्ष सुरु भएयता सवारी साधन हराएको भनि ५९२ वटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएको बताए ।

प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केहीदिन अगाडी ६ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइ सकेको छ ।

धनि नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ