चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने



काठमाडौं ।

चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने भएको छ । आज (मंगलबार) वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले दिएको जनाकारी अनुसार उक्त कार्यक्रम भोलि (बुधबार) हुने भएको हो ।

विश्वकर्मा थाहा रेडियो नेटवर्कबाट प्रसारण हुने चर्चित कार्यक्रम बहकिने मनको उत्पादक तथा सञ्चालक थिए । उनी जात व्यवस्था उन्मूलनका अभियन्ता तथा विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन् ।

उनको मंसिर ६ गते सवारी दुर्घटनामा ज्यान गएको थियो । विश्वकर्माको सम्झनामा स्मरण तथा समवेदना कार्यक्रम भोलि हुने भएको छ । उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्