कामपा प्रहरीद्वारा सुरक्षा कबज प्रदर्शनी

हाम्रा सबै प्रहरी सक्षम छन्- कामपा प्रहरी प्रमुख पाण्डे



काठमाडौं । महानगर प्रहरी वलले सबै नगरप्रहरीलाई शसक्त बनाउने भएको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा खाली गराउन पुगेका प्रहरी बलमाथि घरेलु हतियारसहित ढुंगामुढा गर्दा ३६ जना प्रहरी घाइते भएपछि महानगरले आफ्ना प्रहरीलाई थप शसक्त बनाउन लागेको हो ।

महानगर प्रहरी वलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले फेरी यस्तो घटना दोहोरिन नदिन सबै प्रहरीलाई थप शसक्त बनाएको बताउनुभयो । आज दिउँसो प्रहरीलाई निर्देशन दिँदै जस्तोसुकै परिस्थिति आएपछि सामना गर्न निर्देशन दिनुभएको थियो । त्यसक्रमा प्रहरीले प्रोटेक्सन गर्ने सामाग्री लगाएका थिए ।

हामीले यस्तो घटना होला भन्ने नसोचेको कारण सामान्य ड्रेसमा नेपाल प्रहरी र शसस्त्र प्रहरीसँगै हाम्रा प्रहरी खटाएका थियौ, एकाएक ढुंगामुढा गर्दै प्रहरीमाथि जाइ लागेर घाइते बनाएपछि अबका दिनमा थप सचेत हुन भीड नियन्त्रण गर्ने सामागी लगाएर तयारी गरेका हौ– कामपा प्रहरी उपरीक्षक दीनेश अर्यालले न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।

कामपा प्रहरीले सबै तहसंग समन्वय गरी बस्ती हटाउन पुगेको थियो । त्यसबेला सुकुम्वासीले कामपा प्रहरी पाण्डेलाई ढुंगा प्रहार गरेका थिए । डोजर लगाउन पूग्दा सुकुम्वासीको लगातार नारावाजी र ढुंगामुढापछि सो क्षेत्र रणसंग्राम बनेको थियो ।

अब यस्तो घटना हुन नदिन सम्पुर्ण तयारी पुरा गरिसकेको जानकारी गराउदै प्रहरी प्रमुख पाण्डेले अबका महानगरप्रहरीलाई सबल बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्