धनुषा-४ मा कांग्रेस महेन्द्र यादवलाई पराजित गर्दै एमालेका रघुवीर महासेठ विजयी

0
Shares

 

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सह(महामन्त्री महेन्द्र यादवलाई हराएर नेकपा एमाले सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

महासेठले १२४ मतान्तरले विजयी भएको बुझिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम भने सार्वजनिक गरेको छैन । मतगणना स्थलमा महासेठ विजयी भएको भन्दै समर्थकहरू उनको पक्षमा नाराबाजी सुरु गरेका छन् ।

०७४ मा पनि यादवलाई महासेठले पराजित गरेका थिए । त्यतिबेला माओवादी महासेठको साथमा थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ ।

तर विगतका सहयोगी माओवादी र नेकपा एससंगै लोसपाको पनि समर्थन यादवलाई नै थियो । मधेसका अधिकांश क्षेत्रमा एमाले( जसपाको तालमेल भयो । यो क्षेत्रमा भने जसपाले महासेठलाई सहयोग गरेन । यद्यपि महासेठ बाजी मार्न सफल भएका छन् ।