अमेरिका र पोर्चुगल पठाउने भन्दै ठगी गर्ने पक्राउ

0
Shares

काठमाडौं ।

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ सुविधानगर बस्ने धनकुमारी ओली रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उहाँहरूलाई आइतबार सात दोबाटोबाट पक्राउ गरेको हो ।श्रेष्ठले अमेरिकाको प्रतिष्ठित कम्पनीमा जागिर लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रुपियाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रुपियाँ रकम ठगी गरी सम्पर्कविहीन हुनुभएको थियो ।

ओलीले समेत विभिन्न व्यक्तिहरूलाई पोर्चुगलका प्रतिष्ठित होटेलमा जागिर लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति १३ लाख रुपियाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रुपियाँ ठगी गरेर सम्पर्कविहीन हुनुभएकी थिइन् । उहाँहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।