सुकुम्वासी बस्ती हटाउन पुग्दा कामपा प्रहरी प्रमुख पाण्डेको टाउको फुट्यो

0
Shares

काठमाडौं ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर लगाउन पूग्दा काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे घाइते भएका छन् ।

जोडरसहित वस्ती पुगेका नेपाल प्रहरी र महानगरको प्रहरीमाथि सुकुम्वासीहरु जाइ लाग्दा प्रहरी प्रमुख पाण्डे घाइते भएका हुन । सुकुम्वासीको बस्ती पुग्नासाथ पाण्डेमाथि ढुंगा प्रहार गरेका थिए ।

पाण्डेको टाउकोमा चोट लागेको छ । उहाको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । ‘म वस्ती हटाउने क्रममा बस्तीमा पुगेको थिएँ । गेटमा पुगेका सुकुम्वासीले ममाथि प्रहार गरे–घाइते अवस्थामा रहेको कामपा प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसंग भने ‘जस्तो सुकै परिस्थिति आएपछि सो बस्ती हटाएरै छाड्छाैं ।