सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको हस्ताक्षर अभियान सुरु

0
Shares

सुर्खेत ।

लैंगिक हिंसाविरुद्धको कार्यक्रम संचालन गर्ने मध्यपश्चिम विश्वविद्यालयको निर्णय अनुरुप आज हस्ताक्षर अभियान सुरु भएको छ ।

लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थापित MU Activism Center Against Gender-Based Violence द्वारा आयोजित यस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति एवं यस अभियानका संरक्षक प्रा.डा.नन्द बहादुर सिंहले केन्द्रीय कार्यालय परिसरमा रहेको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गरी अभियानको उद्घाटन गर्नु भएको थियो ।

साथै विश्वविद्यालयका रजिष्ट्रार, कार्यकारी निर्देशक, उक्त अभियानका संयोजक तथा सदस्य, प्राध्यापक, कर्मचारी लगायतले हस्ताक्षर गर्नु भएको थियो ।

कुनै पनि प्रकारको लैंगिक हिंसा हुन नदिन आफु प्रतिवद्ध रहेको साथै समाजमा यस बारे जनचेतना फैलाउने र सबैलाई यस प्रति प्रतिवद्ध पार्ने यस अभियानको प्रमुख उदेश्य रहेको छ भने अभियानको नारा ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको हस्ताक्षर अभियान’ रहेको छ ।