प्रतिबद्धता पूरा गर्न निष्ठा र इमानदारिताका साथ लाग्छु : एमाले उपाध्यक्ष  पौडेल

0
Shares

बुटवल 

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर  २ वाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले  निर्वाचन अघि गरिएका प्रतिबद्धता पूरा गर्न निष्ठा र इमानदारीका साथ लाग्ने बताउनु भयो  । मंसिर–४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा विजयी  भएपछि मतदाताहरूलाई धन्यवाद दिन घरदैलोमा हिँड्नु  भएका सदस्य पौडेलले जनताको सम्मान र स्वाभिमानमा आँच  आउन नदिने गरी  नेकपा एमालेले घोषणा गरेका चुनावी  प्रतिवद्धताहरु पूरा गर्न लागि पर्ने बताउनु भयो ।

उहाँले सबैको सुझावलाई आत्मसाथ गरी  सबै उम्मेदवार र मतदातालाई समान व्यवहार  गदै विकास र समृद्धिका लागि हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो ।रुपन्देहीमा निर्माणाधीन आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका जोड दिँदै जनअपेक्षा अनुसार अघि बढ्ने उल्लेख गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै रुपन्देही–२(१) बाट प्रदेशसभाका लागि निर्वाचित एमाले नेता लीला गिरिले  सामूहिक भावनालाई समेट्ने गरी अघि बढ्ने उल्लेख गर्नु भयो । यसै गरी प्रदेशसभा तर्फ रुपन्देही–२ (२) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर जनताको सेवामाअघि बढ्ने उल्लेख गर्नु भयो । मतदाता तथा निर्वाचनमा सहभागी सबै दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई समेत धन्यवादसहित आभार व्यक्त गर्दै आफूले सबैलाई समेटेर अघि बढ्नेप्रतिवद्धता व्यक्त गरेका छन् ।