इलाम-२ मा एमालेका नेम्वाङ्ग विजयी

0
Shares

इलाम।

इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन् ।

उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।