काँग्रेस एमालेबीच उजुरीकै जुहारी, छानबिन गर्न निर्वाचन आयोगको टोली बाजुरा 

0
Shares

बाजुरा।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा धाँधली भएको भन्दै यति वेला  बाजुरामा नेपाली काँग्रेस र नेकपा एमाले बिच उजुरी दिने जुहारी चलेको छ। नेकपा एमालेले ११वटा बुथ कब्जा गरी एकलौटी मत खसाएको आरोप लगाउँदै  नेपाली काँग्रेस बाजुराले उक्त मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाँउ भनी मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ।

त्यसैगरी नेपाली कांग्रेसले १६ बुथ कब्जा गरी  निर्वाचनमा धाँधली निम्त्याएको भन्दै नेकपा एमाले बाजुराले पनि गत साता मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ। काँग्रेसको उजुरीमा नेकपा एमालेले जगन्नाथ गाउँपालिकाको वडा न ं२,४र ५ का मतदान केन्द्र, बुढीगंगा नगरपालिकाका  १,२,३, ,८र९ बुढीनन्दा नगरपालिकाको ४ र १० गौमुल गाउँपालिकाको १र२नं वडाका मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाउँ भनी एमाले  उम्मेदवारविरुद्ध उजुरी दिएको छ।

नेकपा एमालेले पनि  त्रिवेणी नगरपालिकाको त्रिभुवनेश्वरी माविको बुथ केन्द्र, मष्टेश्वरी माविको केन्द्र ।वडानं ३ , नागेश्वरी आवि त्रिवेणी ७ , नवदुर्गा  बुदकेन्द्र वडा नं ८ ,खप्तड क्षेडेदह गाउँपालिकाको  वडा नं  २ र ४ , बुढिगंगाको ४, ७ र ८ नं वडा मा पनि धाँधली भएको जनाएको छ। बुढिनन्दा नगरपालिकाको वडा नं ५ र ७ त्यसैगरी हिमाली गाउँपालिका वडा नं  ५,६ र९ नं वडाको बुथमा धाँधली भएको भन्दै  मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको मुख्य निर्वाचन कार्यालय बाजुराका सहायक निर्वाचन अधिकृत पुष्पराज पाण्डेले  जानकारी दिनुभएको छ।

विशेष गरी बाजुरा मुख्य प्रतिस्पर्धी दुई वटै पार्टी काँग्रेस एमालेको  उजुरी परेपछि निर्वाचन आयोगबाट तिन सदस्यीय टोली गठन गरी बाजुरा पठाएको छ । आयोगका सहसचिव तुल्सीवहादुर श्रेष्ठको नेतृत्वमा आएको छानबिन टोलीले शुक्रवार देखिनै आवसयक अध्ययन गरिरहेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनुभएको छ।

आयोगका प्रतिनधिले शुक्रवार अप्रान्ह नेपाली काँग्रेस र नेकपा एमालेका नेता तथा उम्मेदवारसंग छुट्टा छुट्टै बोलाएर आवश्यक सोधपुछ गरेको छ भने जिल्ला स्थित अन्य दलका कार्यकर्तासंग पनि सोधपुछ गरिएको बताइएको छ। त्यसैगरी स्थलगत भ्रमणका सन्दर्भमा प्रहरी प्रशासन तथा सर्व साधारणसंग पनि सोधपुछ गर्ने बताइएको छ।

निर्वाचन कार्यविधि २०७८मा पुन: निर्वाचन गराउनु पर्छ भन्ने कानुनी व्यवस्था छैन। मतदान केन्द्र असुरक्षा महसुस गरी मतदान अधिकृतले तत्काल मतदान स्थगित गरी आएमा आयोगले पन: निर्वाचन गराउन सक्छ । बाजुराको सन्दर्भमा बुढीनन्दा नगरपालिका  वडानं ५ नन्देश्वरीमाविमा आयोगको निर्देशन अनुसार शनिवार आज दिउँसो  शाज्तिपूर्ण निर्वाचन सम्पन्न भएको अधिकृत अवस्थीले बताउनु भयो । आयोगको टोलीले प्रतिवेदन वुझाउँछ त्यसपछि के निर्णय आउँछ सोही अनुसार हुन्छ अवस्थीले भन्नुभयो ।

मतदान गरी मतसंख्याको प्रारम्भिक मतको सर्वेक्षण गर्दा उम्मेदवारले चुनाव धाँधली भएको आरोप प्रत्यारोप गरेका छन् । विधिविधान अनुसार कोही छैनन् । सबै उम्मेदवारले आ-आफ्नो पकेट क्षेत्रमा एकलौटी गरेका छन्  आरोप प्रत्यारोप बेकार हो नागरिक अगुवा शेरबहादुर शाहीले भन्नुभयो । उहाँले भन्नुभयो पुनः निर्वाचन गराए पनि हुने यस्तै हो खाली राज्यको ढुकुटी सक्नुहो उहाँको कथन छ ।

जिल्लामा निर्वाचन भन्ने बित्तिकै कसको ज्यान जाने हो कति अंगभंग हुनेहुन् डर लाग्छ जो भयो भयो अव निर्वाचन नआओस् स्थानीय हर्क सार्कीको भनाई छ । निर्वाचनकै क्रममा  बाजुरामा  मंसिर ४ गते  दुई जना युवाले ज्यान गुमाए भने  दर्जनौँ घाईते भएका छन् । अझ निर्वाचन गराएर कतिको ज्यान लिन खोजेको हो घाइते सन्दीप बोहराले भन्नुभयो । प्रतिनिधिको निर्वाचित गर्नकै लागि जिल्लामा मारकाटको अवस्था सृजना हुन्छ बाजुरामा शान्तिपूर्ण निर्वाचन गर्न काँग्रेस एमालेका नेता कार्यकर्ताले अत्यन्त संवेदनशीलता अपनाउन जरुरी छ । नभए आवधिक निर्वानका नाममा सर्वसाधारणको ज्यान लिन पाइँदैन ।