कर्णालीमा एमाले शून्य !

0
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५० स्थानमा जित हात पारेर अग्रस्थानमा छ ।

यस्तै दोस्रोमा रहेको नेकपा एमालेले ३८ स्थानमा जित हासिल गरेको छ । १६ स्थानमा जित्दै माओवादी तेस्रो हुँदा एकीकृत समाजवादीले प्रतिनिधि सभा तर्फका १० स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित्दा राप्रपाले ५ सिटमा जितेको छ। केही स्थानको मतगणना भने जारी छ । हालसम्म सार्वजनिक परिणाम अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभातर्फका क्षेत्रको सम्पूर्ण विवरण आइसकेको छ । कर्णालीमा एमाले शून्य देखिएको छ भने सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र शून्य छ ।

सुदूरपश्चिमका सबै क्षेत्रको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ५ क्षेत्रमा जितेको छ । एकीकृत समाजवादीले ३, नागरिक उन्मुक्ति पार्टीले ३ र एमालेले २ क्षेत्रमा जित हासिल गरेका छन् । चुनावअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्तिले यहाँ एमालेभन्दा एक सिट बढी जितेको छ ।

यस्तै कर्णालीमा कांग्रेसले ३ क्षेत्रमा जित हासिल गरेर अग्रस्थान कायम गरेको छ। माओवादी केन्द्रले २ स्थानमा जित्दा दुई स्थानमा भने अग्रता कायम गरेको छ ।

कर्णाली प्रदेश

डोल्पा–धनबहादुर बुढा, एकीकृत समाजवादी
रुकुम पश्चिम–जनार्दन शर्मा, माओवादी
सल्यान–प्रकाश ज्वाला, एकीकृत समाजवादी
सुर्खेत
१.पूर्णबहादुर खड्का, नेपाली कांग्रेस
२. हृदयराम थानी, नेपाली कांग्रेस
जजरकोट शक्तिबहादुर बस्नेत माओवादी केन्द्र
जुम्ला
ज्ञानबहादुर शाही, राप्रपा
दैलेख
१.अमरबहादुर थापा, एकीकृत समाजवादी
२.दिक्पालकुमार शाही, नेपाली कांग्रेस
कालीकोट
महेन्द्रबहादुर शाही, माओवादी केन्द्र
मुगु
ऐनबहादुर शाही ठकुरी, नेपाली कांग्रेस
हुम्ला
छिरिङ डम्डुम लामा, माओवादी–अग्रता
सुदूरपश्चिम प्रदेश
बाजुरा मत गणना नै नभएको–कांग्रेसको उम्मेवार
अछाम
१.शेरबहादुर कुँवर, एकीकृत समाजवादी
२.पुष्पबहादुर शाह, नेपाली कांग्रेस
कैलाली
१.रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ती
२.अरुणकुमार चौधरी, नागरिक उन्मुक्ती
३.गंगाराम चौधरी, नागरिक उन्मुक्ती
कञ्चनपुर
१. तारा लामा, एमाले
२. एनपी साउद, नेपाली कांग्रेस
३.रमेश लेखक नेपाली काग्रेस
डोटी
प्रेमबहादुर आले, एकीकृत समाजवादी
डडेलधुरा
शेरबहादुर देउवा, नेपाली कांग्रेस
बझाङ
भानुभक्त जोशी, एकीकृत समाजवादी
बैतडी
दामोदर भण्डारी, एमाले
दार्चुला
दिलेन्द्रप्रसाद बडू, नेपाली कांग्रेस