निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

0
Shares

नवलपरासी । मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्वी नवलपरासीले निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

मतगणनास्थल कुमारवर्ती बहुमुखी क्यामपसको कुमारी भवनमा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेल तथा निर्वाचन अधिकृत कमलराज पन्थीले विजयी सांसदहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधसभातर्फ प्रा.डा. शशांक कोईराला र विष्णुकुमार कार्की निर्वाचित हुनुभएको छ । यसैगरी प्रदेशसभातर्फ निर्वाचित हुनेमा महेन्द्रध्वज जिसी, रोशनबहादुर गाहा थापा, पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे रहनुभएको छ ।

निर्वाचन परिणामको आधिकारिक घोषणासहित गरिएको प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलगायत जिल्लास्थित सुरक्षा अंगका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि, विभिन्न दलका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूका माझ उक्त प्रमाणपत्र वितरण गरिएको थियो ।