पाँच वर्षअघि ३६ सिट जितेको माओवादी केन्द्र १८ सिटमा सीमित, सुदूरपश्चिममा निल

0
Shares

काठमाडौं । नेकपा (माओवादीं केन्द्र)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ ।

माओवादी केन्द्रले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी(१ मा गिरीराजमणि पोखरेल र सर्लाही(२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् ।

माओवादी केन्द्रले जितेका निर्वाचन क्षेत्र यी हुन् 

माओवादीले खोटाङ(१ मा जितेको छ । खोटाङ(१ बाट रामकुमार राई निर्वाचित भएका छन् । भोजपुरमा सुदन किँराती, मोरङ(४ बाट अमनलाल मोदी, काभ्रे(१ बाट सूर्यमान तामाङ, नुवाकोट(१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक(१ बाट माधव सापकोटा र सिन्धुली(२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, गोरखा(२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ(२ बाट देवेन्द्र पौडेल, दाङ(२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा ९भोटे० विजयी भएका छन् ।

सुदूरपश्चिममा निल बन्यो माओवादी केन्द्र

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ ।  सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली २ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर(१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादी केन्द्रले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।