तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

0
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका हिमाली भू-भागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ का हिमाली भू-भागका एक/दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने ठानिएको छ ।

आइतबार प्रदेश-१, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई भू-भागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आकलन महाशाखाले गरेको छ । चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।