सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

0
Shares

सुर्खेत।

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् ।

खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गरेका हुन् ।

खड्काका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरेका छन् । विसं २०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट २०४८, २०५१, २०५६ र २०७० सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।