सर्लाही-४ बाट स्वतन्त्र उम्‍मेदवार डा.सिंह निर्वाचित

0
Shares

सर्लाही ।

सर्लाही निर्वाचन क्षेत्र-४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार डा. अमरेश कुमार सिंह विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मत मात्र ल्‍याए ।