गुल्मी-१ (क) र (ख)मा एमालेको अग्रता

0
Shares

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा निर्वाचनतर्फ (क)मा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका चिन्तामणि पाण्डेले ६१ सय ७७ मत प्राप्त गरि अग्रता लिएका हुन् ।

पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुदर्शन बरालले ६१ सय ४१ मत प्राप्त गरेका छन् ।

एमालेका पाण्डे र माओवादी केन्द्रका बरालबीच ३६ मतान्तर रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ ।

त्यस्तै गुल्मी–१ (ख)मा पनि नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । एमालेका फर्सु पाण्डेले ५७ सय ५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनेन्द्र कार्कीले ५५ सय ५० मत प्राप्त गरेका छन् ।