गुम्मी-१ मा एमालेका प्रदीप ज्ञवालीको अग्रता

0
Shares

गुल्मी । गुल्मी–१ मा नेकपा (एमाले)का प्रदीप ज्ञवालीले अग्रता लिएका छन् । उनले रुरु गाउँपालिकाबाट अग्रता लिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार एमालेका प्रदीप ज्ञवालीले १६ हजार तीन सय ४६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र भण्डारीले १५ हजार आठ सय ३३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको परिणाम अनुसार एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच पाँच सय १३ मतान्तर छ ।