मुगुका ५ वटा मतदान केन्द्र गठबन्धनको कब्जामा !

0
Shares

मुगु । गत आइतबार देशैभर एकै चरणमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुगुका पाँचवटा निर्वाचन क्षेत्र गठबन्धनले कब्जा गरेको नेकपा (एमाले)ले आरोप लगाएको छ । जिल्लाको सोरु गाउँपालिकाका पाँचवटा मतदान केन्द्र नै कब्जा गरेको एमालेले आरोप लगाएको हो ।

हिजो (बुधबार) बिहान पत्रकार सम्मेनको आयोजना गरि सत्ता गठबन्धनले मतदान केन्द्र नै कब्जा गरेको आरोप लगाए । जिल्लाको मुख्य निर्वाचन कार्यालय अगाडि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजबहादुर कार्की र प्रदेश (ख)का उम्मेदवार कर्णबहादुर मल्लले पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।

उक्त सम्मेलनमार्फत जिल्ला बाहिर र विदेशमा रहेका साथै मृत्यु भएका मतदाताहरुको मतदान गरेको कार्कीले बताए । गठबन्धनका नेता कार्यकर्ताले सोरु गाउँपालिकाको १, २, ४, ५ र ६ वडाका पाँच मतदान केन्द्र कब्जामा लिएर एकतर्फी मतदान गरेको बताए ।

मतदान केन्द्रमा रहेका आफ्ना पार्टी प्रतिनिधिलाई ज्यान मार्ने धम्कीसमेत दिँदै मतदान केन्द्र कब्जामा लिएको एकालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कार्कीले बताए ।

यी मतदान केन्द्रमा गठबन्धनले मतदान सुरु भएदेखि मतदान सकिँदासम्म मतदान केन्द्र आफनो कब्जामा लिएको कार्की बताउँछन् । जिल्ला बाहिर र विदेशमा रहेकाहरुको समेत मतदान भइरहेको जानकारी मुख्य निर्बाचन अधिकृतलाई गराए पनि वास्ता नगरेको उनको गुनासो छ ।